शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा सदस्यहरुले लिए शपथ (तस्बिरहरु)

बिहीबार, १४ पुस २०७९, १५ : ३५
बिहीबार, १४ पुस २०७९

बागमती प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ११० सदस्यीय प्रदेशसभाका सदस्यहरुलाई बिहीबार ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, पूर्वसभामुख सानुकुमार श्रेष्ठ लगायतको उपस्थितिमा सदस्यहरुले शपथ लिएका थिए । प्रदेशसभाका १२ सदस्यले नेपाल भाषामा, तीन जनाले तामाङ भाषामा शपथ लिएका छन् । उनीहरुले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधा सम्बन्धी ऐन–२०७५ दफा २४ बमोजिम मातृभाषामा शपथ लिएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले बैठक आह्वान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप