बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

घरबेटीको किचकिचबाट मुक्ति पाउन सुन्दरीको रेलको बास

बिहीबार, १७ भदौ २०७२, १० : ५०
बिहीबार, १७ भदौ २०७२

घरबेटीसँग सम्बन्ध बिग्रिएपछि जर्मनीकी एक विद्यार्थीले ट्रेनमै रात काट्न थालेकी छिन् । लियोन भन्छिन्, ‘सूरुआतमा घरबेटीसँग विवाद चल्यो । त्यसपछि मैलेँ त्यहाँ कुनै हालतमा नबस्ने निर्णय लिएँ ।’ अहिले उनले विशेष टिकट खरिद गरेकी छिन् । यस टिकटपछि उनी विना कुनै शुल्क जर्मनीका सबै टे«नमा यात्रा गर्न सक्छिन् । उनी आजकल ट्रेनमै खान्छिन्, कपडा परिवर्तन गर्छिन् , सुत्छिन् र नुहाउँछिन् । कहिलेकाँही उनी स्टेशनमा पिज्जा मगाउने गर्छिन् । २३ वर्षिया लियोनले टे«नमा स्वतन्त्रता पाएको बताइन् –‘मैलेँ टे«नलाई घर जस्तै सोच्ने गरेको छु । धेरै ठाउँ घुम्न पाइन्छ र धेरै साथी भेट्न पाइन्छ ।’ उनले घरबेटीलाई तिर्ने पैसामात्रै होइन सामान्य जीवन यापन गरेर धेरैभन्दा धेरै खर्च कटौती गर्ने योजना बनाएकी छिन् । ‘ म मानिसहरुलाई उनीहरुको व्यवहारमाथि चुनौती दिन चाहन्छु । उनीहरु सामान्य बन्नका लागि सुध्रन जरुरी छ ।’– लियोन भन्छिन् । उनले आफ्ना गतिविधीलाई वेभसाइटमार्फत सार्वजनिक समेत गर्ने गरेकी छिन् । एक वर्षसम्म टे«नको यात्रालाई निरन्तरता दिने उनको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप