बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने

बुधबार, १० असार २०८३, १४ : १४
बुधबार, १० असार २०८३

सारांश

  • सरकारले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूमा सौन्दर्यीकरणका लागि वार्म लाइट जडान गर्ने भएको छ ।
  • हाल जडान गरिएका एलइडी र सिएफएल बत्तीहरू हटाएर सम्पदाको स्वरुप सुहाउँदो न्यानो उज्यालो दिने वार्म लाइट जडान गरिनेछ ।
  • ऊर्जा मन्त्रालयका अनुसार यो कदम धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूको संरक्षण गर्ने राष्ट्रिय नीतिको एक भाग हो ।

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ ।

विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण बनाउन वार्म लाइट जडान गर्न गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूलाई संरक्षण गर्ने राष्ट्रिय नीति अनुरूप पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण गर्न लागेको छ ।

विश्व सम्पदा सूचीमा अहिले जडान गरेका लाइटले सम्पदाको सौन्दर्यीकरण नदेखिएको भन्दै सम्पदा सुहाउँदो वार्म लाइट जडान गरिने केही दिनअघि सञ्चारकर्मीहरूसँगको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरणमा नेपाल विद्युत् प्राधिकरणले ध्यान दिनुपर्ने बताए । ‘पर्यटक आउने सम्पदा क्षेत्रमा सेतो उज्यालो दिने एलइडी र सिएफएल बत्ती बालिराखेको छ । प्राधिकरणले सम्पदा क्षेत्रमा त्यहाँको स्वरुप सुहाउँदो वार्म लाइट (पहेँलो र न्यानो उज्यालो दिने बत्ती) जडान हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप