बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यि हुन् जीसस क्राइस्टकी श्रीमती

शनिबार, १९ भदौ २०७२, १७ : ५४
शनिबार, १९ भदौ २०७२

३८ वर्षसम्म कुमारी रहेकी एक वयस्कले जीसस क्राइस्टसँग बिहे गरेकी छिन् । अमेरिकाको इन्डियानामा बस्ने जेसिकाले चर्चमा सबैका सामू जिसस क्राइस्टसँग बिहे गर्दै आजीवन एक्लै काट्ने घोषणा गरिन् । उनले आफू अहिलेसम्म भर्जिन रहेको तथा कसैसँग कहिल्यै बिहे नगरेको बताएकी छिन् । आफ्नो सौख नै जीसस क्राइस्टसँग बिहे गर्ने रहेको बताउँदै जेसिकाले रहर पुरा भएको बताइन् । उनी चर्चमा आएर बिहेको नाटक रच्नुअघि दुलहीझैँ सजिएकी थिइन् । चर्चकै पोपले उनको बिहे गराइदिएका हुन् । बाइकल साक्षि रहेर पोपले उनको जिसससँग बिहे गराइदिए । यस समारोहमा सयौँको उपस्थिती रहेको थियो । जेसससँग बिहे गर्ने जेसिका दुनियाँकै पहिलो युवती भने होइनन् । यसअघि नै झन्डै ३५ सयले जिसससँग यसरी बिहे गरेको घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप