एउटा गाउँ जहाँ पुरुषलाई ‘नो इन्ट्री’
के तपाईलाई महिला मात्रै भएको वस्तीका बारेमा थाहा छ । केन्यामा एउटा त्यस्तो भूभाग छ जहाँ महिलामात्रै बस्छन् । उमोजा नामक यस भूभागमा शरणार्थी महिलामात्रै बस्छ । २५ वर्षअघि रेबिका लोलोसोलीले बनाएको यस क्षेत्रमा पूरुषबाट हुने हिंसा नियन्त्रण गर्नका लागि पूरुषलाई प्रवेश दिइदैँन । उत्तरी केन्यामा बस्ने साम्बुरु जातिका व्यक्तिहरुले महिलामाथि हिंसा गरेका कारण त्यस्ता हिंसाबाट बच्नका लागि सुरक्षित स्वर्गका रुपमा यसको निमार्ण गरिएको थियो । रेबिका आफैँ साम्बुरु समूदायकी हुन् । उनी अहिले उमोजा यूसाउ महिला गाउँको प्रमुख छिन् । बाल्यकालमा महिलामाथि हुने हिंसाको प्रत्यक्षदर्शी बनेकी रेबिका बिस्तारै साम्बुरु समूदायमा परम्परागत रुपमै महिलामाथि हिंसा हुने निष्र्कषमा पुगिन् । त्यसपछि उनले यस्ता हिंसाको विरोधसँगै विधवा, अनाथ र बलात्कारको शिकार भएका महिलाको पक्षमा बोल्न थालिन् । उनले जर्बजस्ती विवाह गरिएका महिलाको पक्षमा पनि आवाज उठाएकी थिइन् । विद्रोही स्वभावकी रेविका त्यतिबेला आजित भइन् जतिबेला उनले बेलायती सैनिकले बलात्कार गरेका महिलाको पक्षमा आवाज उठाउँदा समाजले साथ दिएन । उनलाई गाउँकै एक मानिसले नराम्ररी कुटे । तर श्रीमतीले कुटाई भेटिरहदाँ पनि रेबिकाका श्रीमान्ले विरोध गर्न सकेनन् । त्यसपछि वाक्क भएकी रेविकाले सन् १९९० मा महिलामात्रै बस्ने एक गाउँ बनाइन् । सत्या म्यागेजिनलाई अन्तरवार्ता दिदैँ रेविकाले भनेकी छिन्–‘५० वर्षभन्दा बढी समय बेलायती सैनिकहरुले हाम्रो भूमिमा अभ्यास गरे । उनीहरु रुखको हाँगा समेत बोकेर हरियो पहिरन लगाउँथे । दाउरा बोक्न आउने महिलाहरुलाई उनीहरुले जंगलमा बलात्कार गरे । उनीहरुका लागि महिला खेलौना थिए ।’
रेविकाका अनुसार पूरुषहरुले त्यस्ता महिलालाई बच्चाको जिम्मा लगाएर छाडिदिन्थे । त्यसपछि धेरै महिलाहरुले पैसा कमाउनका लागि जाँड बनाउन थाले । यस्तो काम अवैधानिक भएका कारण उनीहरु पक्राउ पर्दथे र आफ्नो छोराछोरीलाई त्यसै छाडेर जेल चलान हुन्थे । उनी भन्छिन्, ‘मेरो श्रीमान् खराब थिएनन । म १८ वर्षको छदाँ मेरो विहे भयो र विहेमा दाईजो स्वरुप १७ वटा गाई ल्याएको थिएँ । तर मेरो गाउँका चार मानिसहरुलाई मैलेँ व्यापार गरेको ईष्र्या भयो र उनीहरुले मलाई कुटेर मेरो पैसा लिन थाले । त्यसपछि मैलेँ बलात्कारका पिडितहरुलाई सहयोग गर्ने सम्बन्धमा छलफल सुरु गरेँ । त्यसपछि मेरो श्रीमान्ले व्यापार छाडे र मलाई नराम्रोसँग पिटे । मैलेँ अस्पताल छाडेपछि मेरा बाबुआमाले श्रीमान्सँगै फर्कन आग्रह गरेका थिए । तर मैलेँ मेरो हत्या हुनसक्छ भन्ने लागेर छाडे ।’ यस घटनापछि रेविकाले १६ जना अन्य पिडितहरुसँग मिलेर सामूहिक रक्षार्थ एउटा क्याम्प बनाइन् । त्यसै क्याम्पलाई स्थानिय भाषामा उमोजा अर्थात एकता नाम दिइयो । अहिले यो बस्ती आत्मनिर्भर भइसकेको छ । महिलाहरु अहिले विभिन्न गहना र अन्य हस्तकलामा सामान बनाउँछन् । आफ्ना छोराछोरीको आवश्यकता पुरा गर्छन् र अहिले यो बस्ती पर्यटकको समेत आर्कषणमा पर्ने गरेको छ । उनीहरुले विमारी तथा भैपरी आउने समस्याका लागि एउटा छुट्टै कोष, सामूदायिक केन्द्र तथा विद्यालयको समेत स्थापना गरिसकेका छन् । यो क्षेत्र समथर भएपनि निकै सुख्खा छ । त्यसैले महिलाहरुले जनावरप्रति आश्रित हुन कम गर्दै लगेका छन् । उनीहरुले कुखुरा पालेका छन् जसले आम्दानी पनि दिन्छ र खानामा प्रोटिन पनि । पूरुषहरलाई यस क्षेत्रमा बस्न प्रतिबन्ध छ । तर महिलासँग गर्ने व्यवहार र उनीहरुको आचरण हेरेर केही समय उनीहरु घुम्नका लागि आउन पाउँछन् । रेविकाका अनुसार यहाँ घरबाट भागेका तथा गर्भधारण गरेपछि परिवारले लत्याएका र जर्बजस्ती विवाह गरिएका महिलाहरुलाई उद्धार गरेर ल्याइन्छ ।
https://www.youtube.com/watch?v=UrnmBLB-UX4 आफ्ना लागि उमोजका महिलाहरुले राम्रो काम गदैै आएपनि उनीहरुका लागि जीवन सहज भने छैन् । रेविकाका अनुसार केही समयअघि उनीहरुले एक सानो घुम्ति पसल सञ्चालनमा ल्याएका थिए । तर उक्त पसल चल्न सकेन । असफलताको दुई वर्षपछि उनीहरुले केन्याली वाइल्डलाईफ सेवाका अधिकारीहरुसँग भेटेर महिलाहरुलाई शैक्षिक टुर गराए । टूरको उद्धेश्य अन्यत्रका महिलाहरुले कस्ता पर्यटकिय सामाग्री बेच्छन् भन्ने जान्नु थियो । त्यसपछि उनीहरुले त्यस्तै गरी हस्ताकला तथा अन्य विभिन्न सामाग्रीहरुको व्यापार थाले । रेबिकाका अनुसार त्यसपछि उनीहरुल्े आफ्नो वस्तलाई पर्यटकको आर्कषणका रुपमा स्थापित गरेका छन् । उमोजा र आसपासका वस्तीका बालबालिकाका लागि उनीहरुले विद्यालय सञ्चालन गर्ने योजना टूरपछि नै फुरर्यो । सफलता हात पार्दै गएपछि उनीहरुलाई छिमेकका अन्य पूरुषहरुले ईष्र्या गर्न थाले । एपटक केह िमानिसहरुले यस बस्तीमा आउने पर्यटकलाई रोक्नका लागि बाटो नै बन्द गराएका थिए । त्यस्तै एकपटक ३० जना व्यक्तिहरुले उनीहरुलाई पर्यटकको सामून्ने नराम्ररी कुटे ,। पर्यटकका सामू यि महिलाहरु चरित्रहिन छन् भन्ने प्रमाणित गर्न यसरी कुटिएको थियो । त्यसपछि उनीहरुले पूरुष छिर्न नसक्ने गरी आफैँ जमिन किने । पूरुषहरुले त्यसरी जमिन बेच्न चाहेका थिएनन् तर अन्नत पैसा पाएपछि उनीहरु तयार भए । उमोजा स्थापना भएपछि अहिलेसम्म रेविका नै निर्विरोध अध्यक्ष छिन् । उनी यसबाहेक महिला अधिकारसँग सम्बन्धित अन्य थुप्रै कल्याणकारी संस्थामा आबद्ध छिन् । सन् २०१० मा रेविकाले ग्लोबल लिडरसिप अवार्ड जितेकी थिइन् । भाइटल भ्वाईसेस नामक संस्थाबाट उनले यो अवार्ड पाइन् , यो संस्था पनि महिला र मानवअधिकारका पक्षमा क्रियाशिल छन् । ५३ वर्षिया रेविका अहिले सफल व्यवसायिसँगै केन्यामा सांस्कृतिक विभेद हटाउन सक्रिय अधिकारवादी समेत हुन् । महिलाले यति धेरै सफलता हासिल गरेपनि रेविका पूरुषहरु नै महिलाका लागि सबैभन्दा ठूलो अवरोध रहेको बताउँछिन् । उनी भन्छिन्, ‘साम्बूरु त्यस्तो संर्कीण समाज हो जहाँ महिला र बालबालिकामाथि भेदभाव हुन्छ । आफ्नो सम्पतिको समेत आफैँले निर्णय गर्न पाइदैँन । केही पूरुष तथा राजतीतिकर्मी हामीप्रति सकारात्मक भएपनि अधिकांशले ईष्र्या गर्छन् । ’ उमाजाले महिला शशक्तीकरणका लागि एउटा उदाहरणीय काम गरेको छ । यस वस्तीका सबै महिलाको एउटै लक्ष्य छ । संस्कृतिका नकारात्मक अभ्यासहरुलाई चिर्दै समाजलाई अघि बढाउनेँ ।’खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण