कुमारी आमाको बच्चा लिलामीमा
(एजेन्सी) भारतको उत्तर प्रदेशस्थित एक अस्पतालका चिकित्सकले बच्चालाई लिलामीमा राखेपछि उनीमाथि कानूनी कारबाही हुने भएको छ । डाक्टर जितेन्द्र चौधरीले एक कुमारी आमाको शल्यक्रिया गरेका थिए । उनले शल्यक्रियापछि उक्त युवतीलाई बाबु बिनाको बच्चा राख्दा समाजमा अपहेलित भइने भन्दै बच्चालाई लिलामीमा राख्न उक्साए । त्यसपछि महिलाको उपचारमा संलग्न चिकित्सक र अस्पतालका मालिक जीतेन्द्रले थुप्रैलाई फोन गरेर बच्चा लिन बोलाए । सूचना पाएपछि बच्चा किन्नका लागि थुप्रै व्यक्ति भेला भए । बच्चाका लागि कलीम अहमद नामका एक व्यक्तिले २० हजार खर्चने बताएका थिए । त्यस्तै एक धनाढ्य जोडीले बच्चाका लागि सर्वाधिक ५० हजार खर्चने बताए । त्यसपछि रुष्ट देखिएका कलिमले प्रहरीलाई खबर गरे । प्रहरीले अहिले डाक्टर जीतेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । कलिमले डाक्टर चौधरीले नक्कली डिग्री लिएर काम गरिरहेको आरोप समेत लगाएका छन् । छानविन गरिरहेका प्रहरी अधिकृत अरुणकुमार सिंहले बच्चालाई ति धनाढ्य दम्पतीबाट छुटाएर प्रहरी सुरक्षामा राखिएको तथा जीतेन्द्र चौधरी र शल्यक्रिया संलग्न चिकित्सकलाई पक्राउ गरिएको बताए । चौधरीसँग अस्पतालको लाईसेन्स तथा सम्बन्धित डिग्री अहिलेसम्म भेटिएको छैन् । यस सम्बन्धि छानविन जारी छ । त्यस्तै बच्चाका सम्बन्धमा भारतको सर्वोच्च अदालतले नै फैसला गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण