आयल निगमले सञ्चालन गरेको एकमात्र पेट्रोलपम्ममा सिलबन्दी
भैरहवा–जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा अनुमगन समितिले नेपाल आयल निगमले सञ्चालन गरेको एक मात्र पेट्रोल पम्पमा छापा हानेको छ । अनुगमनको क्रममा पम्प मापदण्ड अनुसार नभेटिएकोले सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ । नेपाल आयल निगमले आफै सञ्चालन गरेको भैरहवा डिपोमा मेशीनमा दुईवटा गियर राखेको पाईएको टोलीमा संलग्न नेपाल गुणस्तर तथा नापतौल कार्यालयका निरिक्षक रोशन गौतमले बताए । उक्त गियर एक वटा हुनेमा दईवटा पाईएकोले नियमानुसार बिक्रि बितरण गर्न रोक लगाईएको उनले बताए । “तल्लो गियरमा राख्दा ठिक परिमाणमा तेल आउने माथिल्लो गियरमा राख्दा मिटर सहि देखिए पनि कम परिमाणमा तेल आउन्छ ।” गौतमले भने । काठमाण्डौका अधिकांश पेट्रोलपम्पमा ठगि गरिएको भेटिए पछि रुपन्देहीमा रहेका पेट्रोल पम्पहरुमा प्रशासनले छापा मारेको हो । अनुगमनका क्रममा नाप जाच गर्दा डिपोले बितरण गरि रहेको तेलमा कुनै कैफियत नदेखिए पनि दुईवटा गियर राखेकोले मात्र पम्प सिल गरिएको हो । भैरहवा डिपोको डिजल र पेट्रोल बितरण गर्ने दुईवटै मेशीनमा प्रशासनले सिलबन्दी गरेको छ । आयल निगमै एक मात्र पेट्रोलपम्प सिल गरिए पछि अत्यावश्याक काममा प्रयोग हुने एम्बुलेन्स, दमकल, प्रहरी तथा अन्य प्रशासानिक निकायका सवारीमा ईन्धनको अभाव हुन नदिन तत्कालको लागी भैरहवा बर्मेलीटोलमा रहेको दुर्गा आयलबाट बितरणको ब्यावस्था मिलाएको अनुगमन समिति संयोजक तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत खगेन्द्र प्रसाद बस्यालले बताए । उक्त पेट्रोल पम्पमा यस अघि नै नेपाल गुणस्तर तथा नापतौल कार्यालयले सिलबन्दी गरेको र सिल नतोडिएका हुदा पम्पबाट कुनै प्रकारको गलत क्रियाकलाप नगरिएको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण