सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दाङदेखि कञ्चनपुरसम्म थारु स्वायत्त प्रदेश बनाउन सकिने : नेता देउवा

मङ्गलबार, ०५ माघ २०७२, १९ : ०९
मङ्गलबार, ०५ माघ २०७२

दाङ– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको बाहुल्य क्षेत्रलाई स्वायत्ततासहितको अधिकार सम्पन्न गराउन सकिने बताएका छन् ।

प्रजातान्त्रिक थारु समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा नेता देउवाले थारुहरुलाई नआत्तिन र केही समय कुर्न आग्रह पनि गरे ।

थारुहरुको बाहुल्य रहेका दाङदेखि कञ्चनपुरसम्मका जिल्लाहरुलाई थारुहरुको स्वायत्त प्रदेश बनाउन सकिने बताउँदै नेता देउवाले त्यसका लागि पश्चिम तराई र पूर्वी तराईका थारुहरुलाई एउटै प्रदेश चाहिन्छ भन्ने सोचाई नराख्न पनि उनले आग्रह गरे ।

अहिले सीमाङ्कनमा समेत धेरै विवाद आइरहेका कारण अहिले नै स्वायत्तताको घोषणा गर्न नसकिने भन्दै नेता देउवाले पश्चिमका थारु बाहुल्य जिल्लालाई स्वायत्त घोषणा गर्न केही समय लाग्ने बताए ।

नेता देउवाले संविधान गतिशील हुने भएका कारण यो संशोधन हुँदै जाने र संशोधन प्रक्रियामै थारुहरुको यो अधिकार पनि समावेश गरिने बताए ।

आफू थारु समुदायको हकहितको लागि सधैँ लड्दै आएको भन्दै उनले पार्टीको तेह्रौं महाधिवेशनका बेला सभापति पदमा आफूलाई सहयोग गर्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप