इजलासमा फर्किइन् सपना प्रधान मल्ल
सोमबार, २५ जेठ २०८३, १० : ५६
सारांश
- सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि इजलासमा फर्किएकी छिन् ।
- गत जेठ ५ गते कामु प्रधान न्यायाधीशको हैसियतमा उनले आफैँले बिदा स्वीकृत गरेकी थिइन् ।
- उनको एकल इजलासमा ७ मुद्दा र न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ मुद्दाको पेसी तोकिएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि इजलासमा फर्किएकी छिन् । गत जेठ ५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले बिदा स्वीकृत गरेर बिदामा बसेकी थिइन् ।
उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ । उनको इजलासमा ७ वटा पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेसी तोकिएको छ ।
सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण