सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सभापति कोइराला र अमेरिकी राजदूतबीच भेट

शुक्रबार, ०८ माघ २०७२, १७ : ३८
शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ–नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेपलेट्जले शिष्टाचार भेट गरेका छन् ।

सभापति कोइराला निवास महाराजगञ्जमा आज भएको सो भेटमा नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा दीनेश भट्टराईले जानकारी दिए ।

भेटमा राजदूत टेपलेट्जले अमेरिकाले नेपालमा सधैँ शान्ति, स्थिरता तथा दिगो र समावेशी प्रजातन्त्र संस्थागत भएको हेर्न चाहेको बताए । साथै राजदूत टेपलेट्जले मुलुकको वर्तमान राजनीति अवस्थाका बारेमा जिज्ञासा राख्नुभएको सल्लाहकार डा भट्टराईले बताए ।

भेटमा सभापति कोइरालाले काँग्रेसले समावेशी प्रजातन्त्रका संस्थागत गर्न व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको र त्यसमा सबैलाई मिलाएर अघि बढ्न प्रयास भइरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप