भारतले एक होनाहार छोरा गुमायो : प्रधानमन्त्री मोदी
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै जातीय विभेदका कारण आत्महत्या गरेका एकजना भारतीय विद्यार्थीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।
उनले भने– भारतले एक होनाहार छोरा गुमाएको छ, मेरो देशले रोहितलाई गुमाएको छ ।
हैदरावाद विश्वविद्यालयमा विद्यावारिधीका एकजना २६ वर्षीय विद्यार्थी रोहित बिमुलामाथि छुवाछुतको व्यवहार गरी सो विश्वविद्यालयले निष्काशन गरेपछि उनले आत्महत्या गरेका थिए ।
उनी दलित भएकै कारण हैदरावाद विश्वविद्यालयका कतिपय स्थानमा जानबाट रोक लगाएका कारण उनले गत आइतबार आत्महत्या गरेका हुन् ।
उनीसहितका पाँचजना विद्यार्थीलाई सो क्याम्पसले दलित भएकै कारण केही स्थानमा जान रोकेको थियो । बाँकी चार जनाको समर्थनमा हैदरावादमा व्यापक प्रदर्शन जारी छ ।
प्रधानमन्त्री मोदीले आत्महत्या गरेका विद्यार्थी रोहितप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो अपमान भारतका कुनै पनि छोराछोरीले खेप्नु नपरोस् भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण