भारतले भन्यो, संविधान संशोधन ‘सकारात्मक’
शनिबार, ०९ माघ २०७२, ०६ : ०१
काठमाडौं – व्यवस्थापिका संसद्ले नेपालको संविधानको पहिलो संशोधन विधेयक पास गरेपछि भारतले एक वक्तव्य जारी गर्दै उक्त कदमलाई ‘सकारात्मक’ भनेको छ । भारतीय विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालको संसद्ले हिजो पास गरेको दुई वटा संशोधन सकारात्मक घटनाक्रमका रुपमा हामीले लिएका छौं । यसरी नै सकारात्मक भावनाका साथ बाँकी विषयहरु पनि सम्बोधन हुने हामीले विश्वास लिएका छौं ।’
आन्दोलनरत मधेसी मोर्चाको मागलाई ध्यानमा राखेर संविधान संशोधन गरिएको शीर्ष दलले बताइरहँदा मोर्चाले भने संशोधनको अझै स्वागत गरेको छैन । सबैभन्दा विवादीत सीमांकनको विषय भने अझै थाँती नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण