भक्तपुरको ब्रम्हायणी मन्दिर नजिकै शव भेटियो
बुधबार, ०३ माघ २०७४, ०९ : ३६
भक्तपुर - भक्तपुर नगरपालिका वडा नम्बर ९ मा एक जना पुरुषको शव फेला परेको छ ।
च्यामासिंह – ताथली सडक खण्डसँगै रहेको ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिए ।
बुधबार बिहानै मानिस लडिरहेको अवस्था भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा सैंजु मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रवक्ता डिएसी प्रसाईले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण