भक्तपुरमा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा कालोमोसो !
भक्तपुर । भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् ।
शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दली आगो लगाई बिरोध जनाएका छन् ।
प्राविधिक कार्यदलले दिएको प्रतिवेदन लत्याउँदैं प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेको भन्दैं भक्तपुरका स्थानीयले बिरोध जनाउँदै आन्दोलन गरेका छन् ।
सबै पूर्वाधारका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने कार्यदलको प्रतिवेदन लत्याउँदै अन्य सबै जिल्लालाई अपायक पर्ने गरी मुकाम तोकेको भन्दै भक्तपुर जनताले आन्दोलन गरेका हुन् ।
आन्दोलनमा सहभागि प्रतिनिधी सभा सांसद महेश बस्नेत, प्रदेश सभा सांसद शशिजंग थापा, भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल लगायतले प्राविधिक कार्यदलले दिएको प्रतिवेदनकै आधारमा मुकाम फिर्ता गरी भक्तपुर कायम गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण