छात्राहरु एकाएक ढल्न थालेपछि पढाइ प्रभावित
बैतडी– बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको मासहिस्टरियाका कारण पढाइ प्रभावित हुँदै आएको छ ।
छात्रामा एक महिनायता पटकपटक पेट दुख्ने, टाउको दुख्ने, चिच्याउने बेहोस हुनेजस्ता लक्षण देखापरेपछि पढाइ प्रभावित भएको प्रधानाध्यापक टीकादत्त भट्टले बताए ।
विद्यालयमा दिनहुँ बिहान ८ः३० देखि ९ बजेसम्म निमावि र मावि तहका छात्रामा यस्तो समस्या आउने गरेको छ, प्रधानाध्यापक भट्टले भने–“कक्षाकोठामै बेहोस हुने अनि बोकेर कार्यालयको कोठामा लैजाने र केही घन्टापछि आफैँ ठीक हुने गरेका छन् ।”
केही महिनादेखि उक्त विद्यालयमा यस्तो समस्या देखापरे पनि यो शैक्षिक सत्रको सुरुवातदेखि निरन्तर देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको समेत उनले बताए । निमावि र मावि तहका छात्रा विद्यालयमा पठनपाठनका क्रममा एकाएक ढल्न थालेपछि शिक्षक र अभिभावकसमेत हैरान भएको प्रधानाध्यापक भट्टले बताए । देवताको दोष भन्दै अभिभावकको सुझावमा विद्यालयमा मन्दिर निर्माण गरी पूजापाठ गरेको भए पनि ठीक नभएको विद्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण