निःशुल्क वितरण हुने औषधि अब नेपाली कम्पनीबाटै खरिद गरिने
काठमाडौँ । नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारको औषधि अब नेपालकै कम्पनीबाट खरिद गर्ने भएको छ ।
यो विषयमा थप छलफलका लागि स्वास्थ्य मन्त्रालय, अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजनामा ७ सदस्यीय समिति गठन गरेको छ ।
डा. श्रीकृष्ण गिरीका अनुसार निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधिमध्ये ४० देखि ४५ प्रकारका औषधि नेपालमा नै उत्पादन हुँदै आएका छन् । नेपालमा अहिले ५५ वटा कम्पनीबाट औषधि उत्पादन भइरहेको छ ।
समितिका अन्य सदस्यमा स्वास्थ्य मन्त्रालयका उपसचिव राजिव पोखरेल, आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रमेश खरेल, नेपाल उद्योग सङ्घका अध्यक्ष हरिभक्त शर्मा, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, प्राथमिक स्वास्थ्य तथा पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेल र नेपाल औषधि उत्पादन सङ्घका अध्यक्ष दीपकप्रसाद दाहाल रहेका छन् ।
यस्तै समितिले ४ वटा काम पनि तोकेको छ । पहिलो नम्बरमा ७० प्रकारका औषधि स्वदेशमै उत्पादनगरी स्वदेशी उत्पादनसँग मूल्य सम्झौता गरी खरिद गर्ने, ३० प्रकारको औषधि आयातमा कडाइ गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका विभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादन क्षेत्र प्रवद्र्धन गर्न आवश्यक सुझाव दिने जस्ता ४ वटा विषय रहेका छन् ।
नेपालमा निःशुल्क वितरण गरिने अधिकांश औषधि भारतबाट खरिद गरिँदै आएको छ ।
निःशुल्क वितरण गर्ने औषधि नेपालमै पर्याप्त मात्रमा उत्पादन हुन थालेपछि नेपाली उत्पादनबाट खरिद गर्ने निर्णयमा सरकार पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण