शहीद सप्ताहमा धर्मभक्तलाई सम्मानः प्रत्यारोपण केन्द्र धर्मभक्तको नाममा
भक्तपुर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान अर्पण गरेका शहीद धर्मभक्त माथेमालाई सम्मान गर्दै भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र राखिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री दीपक बोहोराले विधिवत रुपमा अस्पतालको नाम परिर्वतन गरेका हुन् ।
उक्त केन्द्रको नाम परिर्वतन गर्ने विषयमा २०७४ पुस १७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट केन्द्रको नाम परिवर्तन गर्ने निर्णय भएको थियो ।
२०६९ बैशाख ११ गते स्थापना भई सेवा शुभारम्भ गरेको केन्द्रले औपचारिक रुपमा आज सोमबार परिवर्तित नामबाट सेवा सञ्चालनमा ल्याउने केन्द्रका प्रमुख श्रेष्ठले बताए ।
केन्द्रले हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका डाक्टरहरुको उपस्थितीमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि मिर्गौला र कलेजो प्रत्यारोपण गर्दै आएको छ भने मुटुलगायत शरीरका अन्य अंगहरुको जटिल प्रकृतिका शल्यक्रियासमेत गर्दै आएको छ ।
केन्द्रले हालसम्म ३ सय ९२ जनाको मृगौला प्रत्यारोपण गरेरको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण