घुस लिएको अभियोगमा प्रहरी जवान पक्राउ
बिहीबार, १८ माघ २०७४, १६ : ३९
भक्तपुर –मोटरसाकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै घुस लिने प्रहरी जवानलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
महानगरिय प्रहरी प्रभाग दधिकोटमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई अख्तियार टोलीले नगद १८ हजार नगदसहित विहिबार पक्राउ गरेको छ ।
जवान थापाले सेवाग्राहीसंग घूस मागेकोे बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले मध्यपुरथिमीको राधेराधेबाट पक्राउ गरेको हो ।
एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै उनले १८ हजार रुपैयाँ घूस लिएका थिए ।
पक्राउ परेका थापाको बारेमा अख्तियारले थप अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण