उपभोक्ताका अधिकारमाथि खेलवाड भएको गुनासो
मङ्गलबार, १८ माघ २०७३, ०६ : ४१
पोखरा–उपभोक्ता अधिकारकर्मीहरुले उपभोक्ता अधिकारमाथि खेलेवाड भइरहेको बताएका छन् । उपभोक्ता मञ्च नेपालले मंगलवार पोखरामा गरेको उपभोक्ता सचेतना गोष्ठीमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
वजारमा कालोवजारी, मिसावट र तौल ठगी हुँदा समेत प्रशासनले चासो नदिएको उनीहरुको गुनासो छ । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै आपूर्र्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले विभागले काठमाण्डौ लगायत विभिन्न स्थानमा गरेको अनुगमनमा वजारमा राखिएका खाद्य पदार्थमा अखाद्य तत्तव मिसिएको पाईएको बताए ।
मञ्चका महासचिव सत्रुघनप्रसाद देवले उपभोक्ताहरु सचेत वनाउने पहल थाल्नुपर्ने वताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले वजार अनुगमन नियमित रुपमा भएपनि प्रभावकारी नभएको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण