सिरहामा राउतको पक्षमा प्रदर्शन दुई दर्जन पक्राउ
सिरहा–स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके. राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने करिव दुईदर्जन युवाहरुलाई सि।राहाबाट प्रहरीले पक्राउ गरेको छ । डा. राउतमाथि लगाईको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लाहानमा प्रदर्शन गरिरहेका इटाटार ३ का संजय यादव, दिपेन्द्र सिके, अमरनाथ साह, अशोक यादव, लगाएत २१ जनालाई पक्राउ गरेको हो ।
राउत बिहीबार जनकपुरबाट पक्राउ परी राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ । उनलाई शुक्रवार जिल्ला अदालत सिरहाबाट थप अनुसन्धानको लागि १० दिन म्याद थप गरि इलाका प्रहरी कार्यालय लहान राखिएको लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले जानकारी दिए ।
स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएका राउतलाई विहीवार जनकपुरबाट पक्राउ गरि लहान ल्याईएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले माघ ५ गते लहानमा आयोजित मधेस बलिदानी दिवसको अवसरमा राउतले मधेश परापूर्वकालदेखि नै छुट्टै मुलुकभएको भन्दै नेपालबाट अलग पार्नुपर्ने अभिव्यक्ति दिएको र नारा जुलुश गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण