भक्तपुरमा ट्रकको ठक्करबाट बृद्धको मृत्यु
भक्तपुर । भक्तपुरमा एकाबिहानै सवारी साधनले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ५ः३० बजे मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटो चोकमा बाटो काट्दै गरेका ६६ वर्षका जगत कुमार श्रेष्ठलाई मिनी ट्रकले ठक्कर दिएको थियो ।
काठमाडौबाट भक्तपुर तर्फ आउदै गरेको बा २ क ८००६ नं.को मिनी ट्रकले उनलाई ठक्कर दिएको थियो ।
ठक्करपछि भक्तपुर मध्यपुर ठिमी नगरपालिका ५ दुईपोखरी बस्ने बर्ष श्रेष्ठ उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा करिब ६ बजेतिर निधन भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने सवारी साधन र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका. ८ जगाती बस्ने बर्ष २९ को प्रेम ब.मोक्तान महानगरीय प्रहरी वृत ठिमी भक्तपुरको नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट सिनियर प्रहरी अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरेको र थप अनुसन्धान कार्य भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण