डोलेश्वर महादेवमा साधु सन्तको ‘बहुरुप’, १५ तस्बिरमा हेर्नुहोस्
भक्तपुर – हिन्दुहरुको पवित्र तीर्थस्थल मध्येको एक डोलेश्वर महादेव मन्दिरमा मंगलबार मनाइने महाशिवरात्री पर्वको लागि भारत तथा नेपालको विभिन्न स्थानबाट साधुसन्तहरुको आगमन भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले केही सामाजिक संस्थाहरुको सहयोगमा साधुसन्तहरुलाई खानापान, बसोबास र अन्य व्यवस्था गरेको प्रचार प्रचार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिएका छन् ।
हाल सम्म करिब ३ जना साधुसन्तहरु आइसकेका र शिबरात्रीको दिन भोलीसम्ममा ५ सय जनाजती बाबाहरु आउन सक्ने विकास समितिले जानकारी दिएको छ ।
साधुसन्तहरुलाई विधाई गर्ने बेलामा साधुहरुको तह क, ख र ग अनुसार क्रमश १ हजार १ सय ११, ७ सय ७७ र ५ सय ५५ तथा एक थान कम्बल र धोती प्रदान गरीने बल्लले बताए ।
महाशिवरात्रीको दिन १ हजार १ सयको रसिद काटी पञ्चस्नान गर्न पाउने व्यवस्था समेत गरीएको छ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि २०÷२५ हजार दर्शनार्थी मन्दिरमा दर्शनको लागि शिवरात्रीको दिन आउन सक्ने अनुमान गरीएको छ ।
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ८ स्थित डोलेश्वर महादेवलाई भारत उत्तराञ्चलका गुरु भीमाशंकरले वि.स २०६६ भाद्र ५ गते भारतमा भएको केदारनाथ मन्दिरको शिर भएको पुष्टि गरेपछि यसको महत्व भारत र नेपालमा चुलिएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण