भक्तपुरमा बाघको आक्रमणमा परी ६ वर्षीय बालकको मृत्यु
मङ्गलबार, ०१ फागुन २०७४, १० : ३१
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा बाघको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनी भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फकिएरको अवस्थामा बाघले आक्रमण गरेको अनुमान गरिएको छ ।
मुलबाटोबाट माथि घना जङ्गलमा बाघले खाइरहेको अवस्थामा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेको थियो ।
प्रहरीले बालकको शवको जाँच मुचुल्का कार्य समाप्त गरि पोष्टमार्डमका लागी भक्तपुर अस्पतालमा पठाएको छ ।
यस बारेमा थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण