प्रदेश नम्बर ४ सरकारको पहिलो निर्णय : २ वर्षभित्र सबै गाउँमा विजुली
कास्की– चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
‘२ वर्षमा गाउँमा पिउने पानी र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने सडक निर्माण गर्ने निर्णय भएको छ’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका बस्नेतले भने ।
त्यस्तै त्यस्तै ५ वार्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार अस्पताल स्थापना, सुविधासम्पन्न सम्मेलन केन्द्र खेल मैदान निर्माण, प्रदेशमा बोलिने भाषाको संरक्षण लगायतका आठ निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण