‘ह्रस्व दीर्घ’मा गरिमाको इन्ट्री
film
काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा कलाकारको रूपमा गरिमा शर्मा भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि शर्मालाई अनुबन्धित गरेको हो ।
फिल्मका लागि केही दिनअघि अभिनेत्री बिपना थापा र रबीन्द्र झा पनि भित्रिएका थिएन । शर्माले प्रदर्शनको तयारमा रहेको फिल्म ‘लन्डन टु पेरिस’ बाट अभिनेत्रीको रूपमा फिल्ममा डेब्यु गरेकी हुन् ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुङ्गाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
फेब्रुअरी १ देखि छायाङ्कन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायाङ्कन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायाङ्कन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण