राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने
आइतबार, १७ पुस २०७९, १६ : ०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।
बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ । जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र ९१ दिने ट्रेजरीको क्रमशः ५ अर्ब र ७ अर्ब ७५ करोड नयाँ बिक्री हुनेछ ।
यसअघि केन्द्रीय बैंकले पुस ११ गते १३ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रजरी बिल्सको बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण