आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
अमरगढी । आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन् । सुदूरपश्चिममा हालसम्म ४१ रेडियो स्टेशन बन्द भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा दर्ता भएका एक सय २० एफएम रेडियो स्टेशनमध्ये ४१ बन्द भएका जानकारी दिँदै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले आर्थिक अभावमा २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिननसक्ने परिस्थिति सृजना भएको बताए ।
‘विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले समानुपातिक रुपमा विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन’, उनले भने, ‘अब व्यावसायिक तथा सामुदायिक रेडियोको दिगो आर्थिक व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ ।’
‘स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छन्, सरकारी निकायबाट खासै सहयोग छैन , विज्ञापन आउन छोडिसक्यो’, रेडियो सेभेन स्टार बैतडीका सञ्चालक अमर भट्टराईले भने । रेडियो टिकापुर कैलालिका प्रमुख एकेन्द्र तिमल्सेनाले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार पनि नफस्टाउँदै आम्दानी दिगो स्रोत नहुँदा आफूहरूले सङ्कटको सामना गर्नुपरेको गुनासो गरे ।
रेडियोकर्मी शिव ओलीले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दर निर्धारण गरिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण