आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
काठमाडौँ । मे १२ मा भएको ‘अपरेसन सिन्दूर’ बारे भारतीय सैन्य महानिर्देशकहरूको प्रेस ब्रिफिङमा भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणहरूलाई विफल पारेको दाबी गरिएको थियो ।
एयर अपरेसनका महानिर्देशक, एयर मार्सल एके भारतीले भने, ‘हाम्रोतर्फ, वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको थियो र शत्रुलाई यसमा प्रवेश गर्न असम्भव थियो ।’
यसक्रममा भारतीले चिनियाँ निर्मित मिसाइल पीएल–१५ को पनि उल्लेख गरे । ‘यी हिस्सा चिनियाँ मिसाइल पीएल–१५ का हुन सक्छन्,’ केही तस्बिरहरू देखाउँदै उनले दाबी गरे ।
पाकिस्तानले भारतमाथि गरेको आक्रमणमा प्रयोग गरिएको चीनको पीएल–१५ मिसाइल आफ्नो लक्ष्यबाट चुकेको पनि उनले बताए । ‘हाम्रो लडाई आतङ्कवाद र आतङ्ककारीहरू विरुद्ध थियो । त्यसैले मे ७ मा हामीले आतङ्कवादी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गर्यौ,’ भारतीले भने ।
‘तर दुर्भाग्यवश पाकिस्तानी सेनाले आतंककारीहरूलाई समर्थन गर्नु उचित ठाने र यो लडाइँलाई आफ्नै लडाई बनाए । यस अवस्थामा, हाम्रो जवाफी कारबाही अत्यन्त आवश्यक थियो र यसमा उनीहरूले जे पनि क्षति बेहोरेका छन् त्यसको जिम्मेवार उनीहरू आफैँ हुन्,’ अझ अगाडि उनले भने ।
देशका सबै सैन्य अड्डाहरू, सबै प्रणालीहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र भविष्यमा आवश्यक परेमा कुनै पनि मिसन पूरा गर्न तयार रहेको पनि भारतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण