सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने

आइतबार, १७ पुस २०७९, २१ : ४४
आइतबार, १७ पुस २०७९

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको हो । आजदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी यसको सुरुवात गरिएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले मार्च २०२१ मा आफ्नो ७५ औं अधिवेशनमा सन् २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको हो । कोदोको दिगो उत्पादनलाई प्रवर्द्धन गर्न र दिगो बजार सिर्जना गर्ने सम्भावनलाई प्रकाश पार्दै उत्पादक, उपभोक्ताका लागि समेत यो वर्ष अवसरमा रुपमा रहने कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले बताए ।

सन् २०२३ लाई पोषण र स्वास्थ्यमा चेतना जगाउने र प्रत्यक्ष नीतिगत ध्यान दिने अवसरको रुपमा लिने बताउँदै उनले खाद्य सुरक्षा र स्वास्थ्यको दृष्टिले पनि यो वर्ष महत्वपूर्ण हुने बताए ।

सन् २०२३ ले दिगो विकासका लागि संयुक्त राष्ट्र संघको एजेण्डा विशेष गरी शून्य भोकमरी (एडीजी २) मा योगदान पु¥याउने लक्ष्य राखिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

खानाका लागि खेतीपातीका अभियन्ता डा.कृष्ण पौडेलले कोदो नेपालका प्रमुख पाँच बालीमध्ये एक रहेको बताउँदै खाद्य सुरक्षाका लागि यो बाली निकै महत्वपूर्ण रहेको बताए । पौष्टिक हिसाबले कोदो अत्यन्तै महत्वपूर्ण बाली रहेको बताउँदै उनले यसमा सन्तुलित पोषण जस्तै प्रोटिन, खनिज, लवण, भिटामिन र रेसा पदार्थ पर्याप्त मात्रामा पाइने जनाए ।

नेपालको हिमाल, तराई, पहाड सबै भेगमा कोदोको खेती गरिन्छ । नेपालमा कोदो वर्गका कोदो, चिनो र कागुनोको खेती हुने गरेको छ । नेपालको मध्य पहाडमा कोदो र कर्णाली क्षेत्रको हिमाली भेगमा चिनोको खेती हुन्छ भने कागुनो देशका हरेक क्षेत्रमा हुने गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप