बुहारीले भाटा प्रहार गर्दा सासुको मृत्यु
सिरहा । बुहारीको भाटा प्रहारबाट सिरहाको धनगढीमाई नगरपालिका–६, मोतियाहीकी ७२ वर्षीय दरपी कोइरीको मृत्यु भएको छ । ४२ वर्षीय बुहारी चन्दादेवी महतोले भाटा प्रहार गर्दा बुधबार बिहान उनको मृत्यु भएको हो ।
घरायसी विवादमा चन्दादेवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले हत्या अभियोगमा बुहारी चन्दादेवीलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच सिरहा प्रहरीले अवैध लागूपदार्थ ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लहान नगरपालिका–२०, हरिनगराबाट स्थानीय २० वर्षीय सिद्धार्थ चौधरी, लहान नगरपालिका–१ का २७ वर्षीय सुरेश साह सुडीलाई ९२० मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रदेश २–०१–००२ प. ८८४६ नम्वरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा ब्राउन सुगरसहित फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण