फ्राइडे रिलिज : देशभरका हलमा ‘चि मुसी चि’
शुक्रबार, २२ पुस २०७९, ०९ : ०१
काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर फिल्म ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । जाडो मौसम भएकोले अन्य फिल्म प्रदर्शनमा नआउँदा यस फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो ।
अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको फिल्म एमी स्टुडियोको ब्यानरमा निर्माण भएको हो । फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ ।
हरर विषयमा अलि भिन्न तरिकाबाट निर्माण भएको फिल्मले हरर फिल्मको ट्रेन्ड नै स्थापित गर्ने दाबी निर्माताको छ । फिल्ममा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो फिल्मकी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण