सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बाबुराम नेतृत्वको नेसपाको बैठक जारी

सोमबार, २५ पुस २०७९, १५ : ०२
सोमबार, २५ पुस २०७९

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी९नेसपा०को बैठक जारी छ । दिउँसो एक बजेदेखि सुरु भएको राजनीतिक समितिको बैठक पार्टी कार्यालय शान्तिनगरमा चलिरहेको हो ।

 अहिले बैठकमा सहभागी नेताहरुले आ-आफ्नो धारणा राखिरहेको नेता विश्वदीप पाण्डेले बताए । सबै प्रतिनिधि नेताहरुले आफ्नो धाराणा राखेपछि सुझाव संकलन गरिने उनले बताए । 

आजको बैठकमा पार्टी एकता गर्न वार्ता समिति समेत गठन गरिएको पाण्डेले बताए । गत आइतबारदेखि सुरु भएको बैठक सकेसम्म आजै सक्ने तयारी छ । पार्टीका नेता महेन्द्र राय यादव संसद् बैठकमा सहभागी भएकाले आजै सक्न समस्या हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप