बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा पोथी गैँडा मृत फेला

सोमबार, २५ पुस २०७९, १५ : ०५
सोमबार, २५ पुस २०७९

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । 

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भँगालोको किनारामा आइतबार बिहान निकुञ्जको नियमित संयुक्त गस्ती टोलीले अन्दाजी १८ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको हो ।

उक्त गैँडाको खाग खुर सुरक्षित रहेको र प्राकृतिक कारणले मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । योसँगै  चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा हालसम्म ७ बटा गौडाको मृत्यु भएको कार्यालयको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप