लुम्बिनी प्रदेशमा आलोपालो गर्ने सहमति भयो : महरा
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले सत्ता प्रदेशमा सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताएका छन् ।
यसअघि लुम्बिनी प्रदेशमा एमालेले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने शीर्ष नेताबीच सहमति भए पनि सोमबार दुई पार्टीका नेताहरुबीच भएको छलफलपछि आलोपालोको सहमति भएको महराले जानकारी दिएका हुन् ।
‘पहिलो चरणमा नेकपा एमालेले सरकारको नेतृत्व गर्छ । हामी पनि सरकारमा सहभागी हुन्छौँ,’ महराले भने, ‘दोस्रो चरणमा हाम्रो नेतृत्वमा सरकार बन्छ ।’ केन्द्रीय नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरासँगै एमाले नेताहरुबीच आज छलफल भएको उनले बताए ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्दैछन् । गिरीले मंगलबार सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २९, माओवादी केन्द्रका ९, नागरिक उन्मुक्तिका ४, राप्रपाका ४, लोसपा, जसपा र जनमतका ३/३ सिट छन् । त्यस्तै र स्वतन्त्रबाट ३ सदस्य तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य निर्वाचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण