शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिने

मङ्गलबार, २६ पुस २०७९, ११ : ३४
मङ्गलबार, २६ पुस २०७९

बुटवल ।  लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलको तर्फबाट एमालेका  लिला गिरी  मुख्यमन्त्री बन्ने भएका छन् । त्यसका लागि मंगलबार गिरीले प्रदेश प्रमुखसमक्ष दावी पेश गर्दैछन्।

सत्तारूढ गठबन्धनले  गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गर्ने तयारी रहेको एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

उनले सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठकपछि यस्तो तयारी गरेको बताए । उनले भने, ‘हामी बढीमा ५५ सांसदसहित दावी पेश गर्ने तयारीमा छौं ।’ 

लुम्बिनीमा सरकार बनाउन ४४ जना सांसद चाहिन्छ ।  संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा उपलब्ध गराएका थिए । उक्त समयसीमा बुधबार सकिन लाग्दा एक दिनअघि नै दाबी प्रस्तुत गर्न लागिएको हो । 
केन्द्रमा शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप