मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीकृष्ण लुइँटेल ‘बोकादारी’ को नयाँ गीत ‘काका हरायो’

बुधबार, २७ पुस २०७९, १२ : २३
बुधबार, २७ पुस २०७९

काठमाडौँ । गीत सङ्गीतको क्षेत्रमा ‘बोके दारी’ उपनामले चिनिएका हास्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल यतिबेला एउटा नयाँ गीत ल्याएका छन् ‘काका हरायो’ । दुई दशकदेखि हास्य व्यङ्ग्यात्मक गीत–सङ्गीत सिर्जनामा रमाइरहेका उनले ‘काका हरायो’ मा सङ्गीत पनि आफैले दिएका छन् ।

लुइँटेलसँगै गीतमा मनीषा पोखरेलको पनि स्वर रहेको छ । गीतका रचनाकार अच्युत अधिकारी हुन् । अङ्ग्रेजी शब्दको बाहुल्यताले आम नेपाली बालबालिकाले नेपाली भाषा र संस्कृतिलाई नै भुल्दै गएको कुरालाई गीतमार्फत उनले पृथक् तथा रोचक ढङ्गले प्रस्तुत गरेका छन् । भिडियोमा बालबालिकाका पहिलो गुरु आफ्नै आमा–बुवा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावकमार्फत हुने सन्देश दिइएको छ । 

सामान्य बोलीचालीको भाषा र भावलाई टपक्क टिपेर सङ्गीत भर्न र व्यङ्ग्य गर्न सिपालु लुइँटेलका यस अघिका ‘ए बाउ किन्देऊ न भटभटे’, ‘बोकादारी’ लगायतका थुप्रै गीत चर्चित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप