बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीद्वारा दाबी पेस

बुधबार, २७ पुस २०७९, १४ : ०९
बुधबार, २७ पुस २०७९

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले एमालेसहित माओवादी, राप्रपालगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।प्रदेश प्रमुख  शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गरिएको हो । लुम्बिनीमा केन्द्रमा भएको गठबन्धनअनुसारै नयाँ सरकार बनाउन लागिएको हो । 

लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका३, जनमतका ३, लोसपाका ३  र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप