बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

फाइभ जीको बाहिरी परीक्षणको तयारीमा नेपाल टेलिकम

बिहीबार, २८ पुस २०७९, १२ : ३०
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । नेपाल टेलिकमले नयाँ पुस्ताको मोबाइल टेक्नोलोजी फाइभ जी परीक्षणको तयारी गरेको छ । हाल फोर जी सेवा दिइरहेको टेलिकमले माघ १५ भित्रै फाइभ जी सेवाको परीक्षण गर्ने तयारी गरेको हो । नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाका अनुसार टेलिकमले हाल आन्तरिक परीक्षणको काम गरिरहेको छ । टेलिकमले सुन्धारा र बबरमहलमा दुईवटा रिपिटर राखेर फाइभ जी सेवाको आन्तरिम परीक्षण गरिरहेको छ । आन्तरिक परीक्षणमा प्रत्येक दिन सुधार भइरहेको भन्दै अब बिस्तारै सेवाग्राहीको मोबाइलमा पनि फाइभ जी को संकेत देखिने गरी परीक्षण गर्ने तयारी भइरहेको छ । 

सह–प्रवक्ता लोहियाका अनुसार अहिले टेलिकमकै कर्मचारीहरुमा मात्रै आन्तरिक परीक्षणको काम भइरहेको छ र उनीहरुको डिभाइसमा राम्रो संकेत देखिनुका साथै इन्टरनेटको स्पीडसमेत राम्रो देखिएको छ । अब केही समयपछि सेवाग्राहीलाई पनि फाइभ जीको संकेत छोड्ने तयारी भइरहेको टेलिकमले जनाएको छ ।  सह–प्रवक्ता लोहियाले सेवाग्राहीले कहिलेदेखि फाइभ जी को संकेत पाउँछन् भनेर अहिले नै भन्न नसकिने बताए । उनले भने,  ‘हामीले आन्तरिक परीक्षणको काम गरिरहेका छौँ । आन्तरिक परीक्षणमा राम्रो पाइएको छ । अब सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिएपछि हामी बाह्य परीक्षण गर्नेछौँ । तर कहिलेदेखि हुन्छ भनेर अहिले नै मिति तोक्न भने सक्दैनौँ ।’

नयाँ पुस्ताको तीव्र गतिमा इन्टरनेट प्रवाह हुने फाइभ जी विकसित मुलुकहरुमा सुरु भएको दुई वर्ष भइसकेको छ । नेपालमा नेपाल टेलिकमले सुरु गर्ने भनेपनि विविध कारणले परीक्षण समेत हुन सकेको छैन । 

१० गुणा छिटो हुनेछ इन्टरनेटको गति
हाल फोर जी सम्मको सेवा दिएको टेलिकमले फाइभ जी मा सिस्टम अपग्रेड गरेपछि अहिलेको तुलनामा १० गुणा छिटो इन्टरनेट चल्ने दावी गरेको छ । फोर जी मा अधिकतम ३०० एमबीपीएससम्मको डाटा ट्रान्सफर हुने भनिएपनि स्थान अनुसार त्यसको गतिमा फरक पर्न सक्छ । अब फोर जी हटाएर फाइभ जी सेवा बिस्तार गर्दा पहिले एमबीपीएसमा हुने डाटा डाउनलोड र अपलोड अब जिबिपिएसमा हुने टेलिकमले बताएको छ । 

टेलिकमले चीनको हुवाई र जेडटीई कम्पनीका डिभाइसबाट फाइभ जी सेवा सुचारु गर्न लागिएको छ । अब चाँडै नै देशका सातै प्रदेशमा बेस टावर राखेर फाइभ जी सेवाको परीक्षण गर्ने टेलिकमको तयारी छ । यद्यपि नेपालमा पर्याप्तमात्रामा फाइभ जी सपोर्ट गर्ने मोबाइल डिभाइसहरु नभएको कारण परीक्षणका क्रममा सफलता मिल्छ कि मिल्दैन भनेर यकिन हुन नसकेको टेलिकमले बताएको छ ।

टेलिकमका सह–प्रवक्ता लोहिया भन्छन्, ‘बाह्य परीक्षणका लागि फाइभ जी सपोर्ट गर्ने पर्याप्तमात्रामा मोबाइल डिभाइसहरु हुनु आवश्यक छ । हामीले फाइभ जी को सेवात दिने तर मोबाइल डिभाइसले फोर जी मात्रै सपोर्ट गर्ने भयो भने त के काम लाग्यो र ? त्यसका लागि मोबाइल डिभाइसहरु पनि त चाहियो । अहिले नेपालमा कति मोबाइल फोनहरुले फाइभ जी सपोर्ट गर्छन् भन्ने पनि यकिन छैन । त्यसकारण त्यसको बाह्य परीक्षण कस्तो हुनेछ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।’

परीक्षणका क्रममा कुन कम्पनीको कुन मोबाइलले कसरी काम ग¥यो वा गरेन भनेर हेर्ने गरिन्छ । बाह्य परीक्षणका लागि फाइभ जी को संकेत छाड्नेबित्तिकै कुन कम्पनीको कुन मोबाइलले कसरी काम ग¥यो वा गरेन र कतिको स्पीडमा डाटा ट्रान्सफर ग¥यो, इन्टरनेटको स्पीड कति भयो भनेर हेर्न सकिन्छ । फाइभ जी कनेक्ट भएपछि कुन आइएमइआई नम्बरमा कुन कम्पनीको कुन मोडलको मोबाइलमा कनेक्ट भयो भनेर थाहा पाउन सकिन्छ । इद्यपि मोबाइलको डाटा वा व्यक्तिगत गोपनियताका विषयमा भने प्रवेश गर्न नसकिने टेलिकमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप