दोस्रो एकदिवसीयमा भारतले श्रीलंकालाई चार विकेटले हरायो
कोलकाता । भारत र श्रीलंकाबीच कोलकातामा भएको दोस्रो एकदिवसीय खेलमा भारतले श्रीलङ्कालाई ४ विकेटले पराजित गरेको छ । श्रीलङ्काको २१५ रनको लक्ष्य पछ्याउँदै भारत ४३.१ ओभरमा विजयी भयो।
तर, भारतको सुरुवात राम्रो भएन । ३३ रनको स्कोरमा भारतको पहिलो विकेट र ४१ रनको स्कोरमा भारतको दोस्रो विकेट खसेको थियो । रोहित शर्मा १७ र शुभमन गिल २१ रनको व्यक्तिगत स्कोरमा पभिलियन फर्किए ।
विराट कोहली पनि ४ रनमा आउट भए । भारतको चौथो विकेट ८६ रनमा श्रेयस अय्यरको रुपमा खसेको थियो । यसपछि हार्दिक पाण्ड्या र केएल राहुलले इनिङ्सलाई सम्हाल्दै स्कोर १५० भन्दा माथि पुर्याएका थिए । १६१ रनको स्कोरमा हार्दिक पाण्ड्या ३६ रन बनाएर आउट भए । केएल राहुलले अर्धशतक प्रहार गर्दै ६४ रनमा अविजित रहे ।
यसअघि श्रीलङ्काको सम्पूर्ण टोली भारतविरुद्ध ४० ओभर पनि खेल्न सकेन र २१५ रनमा अलआउट भयो। पाहुना टोलीका ओपनर नुवानिदु फर्नान्डोले करियरको पहिलो खेलमा अर्धशतक बनाएका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलङ्काको टोली कुलदीप यादवको नेतृत्व मा रहेको भारतीय आक्रमणसामु टिक्न सकेन । युजवेन्द्र चहलको स्थानमा खेलिरहेका बायाँ हाते स्पिनर कुलदीप यादवले ५१ रनमा तीन विकेट लिए ।
भारतका लागि मोहम्मद सिराजले पनि ३० रन दिएर तीन विकेट लिए भने उमरान मलिकले ४८ रन दिएर दुई विकेट लिए ।
श्रीलंकाका तर्फबाट नुभानिदु फर्नान्डोले ६३ बलमा ५० रन बनाए भने कुशल मेन्डिसले ३४ र डुनिथ भेलालाघेले ३२ रन बनाएका थिए । श्रीलङ्काको सम्पूर्ण टोली ३९.४ ओभरमा २१५ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण