कविता : विकास
शनिबार, ३० पुस २०७९, ०६ : ४१
जाग मेरो देश, उठ प्यारा जनता,
ब्युँझाउ मानवता र सारा विश्व,
उड अझै माथि, अनन्त आकाश छ जता
उठ, लम्क, उड विकासतर्फ, अझै विकसित हुन
हाम्रो बुझाइ भन्दा अझै माथि,
जहाँ पुग्न सक्दैन कुनै परम्परा, कुनै तर्क
प्रयास मात्र गर, गर्दा गर्दै बरु मर
आखिर मृत्यु सत्य हो त सबको
केही गरी बरु पुग पर ।
चिन्तामा धेरै के नै छ र ?
आलस्यता, थकान के नै हो र ?
कडा परिश्रम पश्चात् छँदैछ नि निद्रा शान्ति
अनि प्रतिभा नटिक्ला नि मेहनत अघि
किनकि आत्मालाई बाँध्ने छैन केही शक्ति
र विकास खोज सबको लागि, त्यही भक्ति
जाग मेरो देश, उठ प्यारा जनता,
ब्युँझाउ मानवता र सारा विश्व,
उड अझै माथि, अनन्त आकाश छ जता ।
उठ, लम्क, उड विकासतर्फ, जनता–जनार्दन
तिमी अझै धेरै माथि पुग
पूर्णताभन्दा पनि अझै पर,
विकास अझै गर ।
विकास अझै गर ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण