कविता : मेरो जात
मेरो जात–
मैले पहिरिएको पहिरन भइदिए
खोलेर कालीमा बगाइदिन्थे
आफू सर्वाङ्ग नाङ्गो भएर
मन्दिर लगायत सार्वजनिक ठाउँहरूमा
मनलागी घुमिदिन्थेँ
जातै फालेर हिँडेपछि
कसले रोक्ने मलाई ?
मेरो जात–
मेरै शरीरको रौँ भइदिए
खौरेर जलाएर खरानी पार्थें
त्यही खरानीको तिलक लगाएर
तीर्थ यात्रा गर्थें
कसैले सोधेछ भने
यो घुसखोरीबाट बरामद भएको
रक्त चन्दनको लेप हो भनिदिन्थेँ
कसले रोक्ने मलाई ?
मैले सिंहदरबारको अग्लो गेटबाट
उमादेवी वादीको गुन्युचोलीसँगै
मेरो देशको झन्डा लत्रेको देखेँ
मेरो पनि मन छ
माया छ माटोको
मलाई पनि लाज लाग्छ
देख्दा आमाको गुन्यू फाटेको
हो, मेरो जात– मेरै आँखा हो रैछ
र त यो दुर्दशा देख्नुपरेको
अब मैले बेलालाई बुझ्नैपर्छ
र बुझ्दैछु पनि
एकपटक मैले आफ्ना आँखाहरूमा
कालोपट्टि बाँध्ने बेला आएको ।
म हिजोआज अरु बढी नै भड्केको छु
म नभड्केको भए
मलाई नभड्काइएको भए
कुनै कीर्ति फैलने कर्म गर्न नसके पनि
भैँसी पालेर दूध बेच्थेँ
तर मेरो जात ?
मेरो जात–
मेरी आमाको गुन्यू भइदिए
मैले पनि मेरी आमालाई नयाँ गुन्यू फेरिदिन्थेँ ।
(२०६५)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण