सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लागुऔषध सेवन गरी सवारी चलाउने अमेरिकन नागरिकसहित ७ जना चालक पक्राउ

शनिबार, ३० पुस २०७९, १९ : ४१
शनिबार, ३० पुस २०७९

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालकलाई आज भक्तपुरको जगातीबाट फेला पारेको हो । 

बा ६९ प ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक टासकम हपकन, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोकको बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् । 

त्यस्तै, बागमती प्रदेश ०२ ०३० प ८४ ६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देवेन्द्र घिमिरे, बा ८८ प २८ ५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२ ०२२ च ४९ ६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र ईम्बोस्ट बीएबी १९ ६४ नम्बरको कार चालक थानकोटका पवन राना मगर पनि लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा पक्राउ परेका हुन् । 

लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । यस बाहेक यही पुष महिनाभरि लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप