बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मौलिक चाडपर्वहरुले सामाजिक एकता स्थापित गर्छ : मुख्यमन्त्री जम्कट्टेल

आइतबार, ०१ माघ २०७९, ०९ : १७
आइतबार, ०१ माघ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालमा विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ-आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरुले नेपालीहरुमा सामाजिक एकता स्थापित गर्न सफल भएको अनुभूति व्यक्त गरेका छन् । आइतबार एक शुभकामना सन्देश जारी गर्दै नेपालमा मनाइने पर्वहरुले नेपालीहरुको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानका रुपमा स्थापित भएको बताए ।

'हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश विभिन्न सांस्कृतिक पर्व तथा चाडहरु हाम्रा सांस्कृतिक सम्पतिको रुपमा रहेका छन् । साथै यस किसिमका पर्वहरु हामी नेपालीहरुको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानका रुपमा स्थापित भएका छन्।'

उनको शुभकामना सन्देशमा भनिएको छ, 'यसै क्रममा थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति मकर संक्रान्ति को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।'

उनले सबै जाति, भाषा, धर्म र समुदाय बिचको सामाजिक तथा राष्ट्रिय एकता सुदृढ गर्दै जनचाहना अनुरूप आर्थिक समृद्धिको दिशामा देशलाइ अघि बढाउनु आजको आवश्यकता रहेको औल्याएका छन् । मुख्यमन्त्री जम्कट्टेलले यस्ता पर्वहरुको अवसरमा बागमती प्रदेश भित्रका विभिन्न स्थानहरुमा लाग्ने मेला पर्व महोत्सव जस्ता संस्कृतिहरुको संरक्षण र विकास गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

'नेपाल भित्र रहेका विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ-आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेका छन् । यी चाडपर्वहरुले हामी बिच सामाजिक एकता स्थापित गर्न सफल भएको अनुभूति गरेको छु', शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
'सबै जाति, भाषा, धर्म र समुदाय बिचको सामाजिक तथा राष्ट्रिय एकता सुदृढ गर्दै जनचाहना अनुरूप आर्थिक समृद्धिको दिशामा देशलाइ अघि बढाउनु आजको आवश्यकता भएको जम्कट्टेलले बताए  ।

'यस पर्वका अवसरमा बागमती प्रदेश भित्रका विभिन्न स्थानहरुमा लाग्ने मेला पर्व महोत्सव जस्ता संस्कृतिहरुको संरक्षण र विकास गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको छ । यस किसिमका चाड पर्वहरुले हामी नेपाली बिच आत्मीयता, समझदारी, सामाजिक कता र सद्भाव कायम गर्दै जनता र देशको समृद्धि कायम गर्ने वातावरण निर्माण भइ समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु,' उनको शुभकामना सन्देशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप