मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

आइतबार, ०१ माघ २०७९, २० : ०२
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हेल्प नेपालले आर्मीलाई २५-२१,२६-२४ र २५-२३ ले हरायो । उपाधिसँगै हेल्प नेपालले ४ लाख नगद प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाख पायो । 

पुरुषतर्फ एपीएफ क्लब तेस्रो भएको छ । नेपाल पुलिस क्लबलाई हराएर तेस्रो स्थान हासिल गरेको एपीएफले नगद १ लाख प्राप्त गरेको छ । महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा पुलिसले  न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप