आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।
चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण