मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह

मङ्गलबार, १८ वैशाख २०८१, १० : ४४
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको स्टिङ अप्रेशनको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् । 

छानबिन बिना नै कुनै संस्था र व्यक्तिको मान मर्दन गर्न नहुने र अन्य प्रमुख समाचार गृहले पनि यस्ता विषयमा पाठ सिक्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्–‘सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका 'डार्क फाइल' समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ। छानबिन विना नै कुनै संस्था र व्यक्तिको मानमर्दन गर्नु हुँदैन। यस विषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप