शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१६ करोड इकाई बराबर एनआईबीएल ग्रोथ फन्डको बाँडफाँट

बुधबार, ०४ माघ २०७९, १७ : ४९
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको एनआईबीएल ग्रोथ फण्ड बाँडफाँट भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि २१ गतेसम्म जारी गरेर प्रति इकाई १० रुपैयाँ दरका १६ करोड इकाई फन्डको बुधबार बाँडफाँड भएको हो ।

कुल इकाईहरु मध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो । 

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ बराबर कुल ९ करोड ९३ लाख ६७ हजार ९०० इकाईका लागि आवेदन परेको कम्पनीले जनाएको छ । सो योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा रु ६३ लाख २१ हजार रुपैयाँ समेत थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदक हरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति बुधबार फन्डको बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

६३ लाख २१ हजार थप गरी योजनाको आकार पुगेको १ अर्ब ३२ करोड कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप