जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ
जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ भएको छ । हिउँदे समयमा स्याउ बगैँचा व्यवस्थापन गर्न लागिपरेको तिला गाउँपालिका–१ का टोपबहादुर बुढाले बताए । स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा तिलाका स्थानीयवासी जुटेका छन् ।
बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले स्याउ बगैँचा व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । यहाँका आठवटै स्थानीय तहमा बगैँचा व्यवस्थापन कार्यका साथै नयाँ बिरूवा लगाउने समय भएको यहाँका स्याउ किसान बताउँछन् ।
किसान यतिखेर खेतबारीको बगैँचामा स्याउ कटिङमा लागिपरेका छन् । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा किसानले बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए ।
स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने कार्यालय प्रमुख शाहीले बताए । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।
कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुकिराम नेपालीको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८/०७९ मा छ हजार एक सय ७० मेट्रिक टन स्याउ जुम्लामा उत्पादन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण