सभामुखमा निर्वाचित भएपछि पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घिमिरेको घोषणा
शुक्रबार, ०६ माघ २०७९, १० : ३६
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएपछि एमाले स्थायी कमिटी सदस्य समेत रहेका देवराज घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग भएका छन् ।
उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
‘प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नका लागि नेकपा एमालेका पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठानिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु’, घिमिरेले विज्ञप्तिमा भनेका छन् । यसअघि बिहीबार उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण