भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
सारांश
- भोजपुरमा डेङ्गी नियन्त्रण गर्न 'खोज र नष्ट गर' अभियान सुरु भएको छ।
- नागरिकलाई डेङ्गीबारे जानकारी र रोकथामका उपायबारे सचेतना दिइनेछ।
- लामखुट्टेको प्रजननस्थल नष्ट गरी डेङ्गी नियन्त्रणमा जोड दिइएको छ।
भोजपुर । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।
स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । उनले भनिन, “सचेतना अभियानअन्तर्गत डेङ्गीबारे जानकारी, बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिने छ ।”
अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ । डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय भोजपुरले जिल्लावासी सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले पनि समुदाय(प्रहरी साझेदारी अवधारण कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सचेतना कार्यक्रममा उनले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई घर, आँगन तथा कार्यस्थल सफा राख्न र पानी जम्न नदिन आग्रह गर्नुभयो । सचेतना कार्यक्रममा स्वास्थ्य कार्यालय कर्मचारी, जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।
स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य हो । लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेङ्गीको सङ्क्रमण घटाउन सकिने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण